• Site Map
Side Logo

Prabardhan News

  • गृहपृष्ठ
  • समाचार
  • विचार
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • विविध
  • बालबालिका
  • English


संवादाता

: अमेरिकी सभामुख न्यान्सी पेलोसीका पति पक्राउ

Card image cap

अमेरिकी संसदका सभामुख न्यान्सी पेलोसीका पति, पल पेलोसीलाई मदीराको नशामा गाडी चलाएको आरोपमा पक्राउ गरिएको छ । नापा काउन्टीको ‘क्रिमिनल जस्टिस नेटवर्क’का अनुसार गिरफ्तार शनिबार रात मध्यराततिर दुई वटा अभियोगमा उहाँलाई पक्राउ गरिएको थियो । उहाँको रगतमा अल्कोहलको मात्रा ०.०८ प्रतिशत वा त्योभन्दा बढी रहेको र नशामा भएको समय गाडी चलाएको आरोप उहाँविरूद्ध लगाइएको छ । रिपोर्टअनुसार पल पेलोसीलाई पाँच हजार अमेरिकी डलर जमानतमा उहाँलाई आइतबार बिहानै रिहा गरिएका अमेरिकी टेलीभिजन सिएनएनले जनाएको छ । ‘सभामुखले पूर्वी क्षेत्रमा रहेका समय भएको उक्त घटनालाई निजी भन्दै यस विषयमा आफूले केही प्रतिक्रिया नदिने बताउनुभएको’ सभामुख पेलोसीका प्रवक्ता ड्रु हम्मिलले बताउनुभएको छ । सान फ्रान्सिस्कोका ८२ वर्षीय पल पेलोसी सन् १९६३ मा न्यान्सी पेलोसीसँग विवाह गर्नुभएको थियो भने उहाँहरूका पाँच सन्तान रहेका छन् । रासस

Share

Advertisement



Prabardhan Saptahik
© 2021, Copyrights Prabardhan Weekly | Developed by Reliefcode Theme. All Rights Reserved